रश्मिका मन्दाना सुटिङको क्रममा घाइते
काठमाडौं । अभिनेत्री रश्मिका मन्दाना सुटिङको क्रममा घाइते भएकी छन् । डान्स सिक्वेन्सको क्रममा हिपमा चोट लागेको छ ।
चिकित्कसले उनलाई ६ हप्ता आराम गर्न सल्लाह दिएका छन् । नृत्य र एक्सन सिनको दृश्य छायांकन गर्ने क्रममा उनी घाइते भएकी हुन् ।
टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार, नृत्य र एक्सन दृश्य छायांकन गर्ने क्रममा उनलाई चोट लागेको थियो । चोटका कारण, रश्मिकाको छायांकन तालिका रोकिएको छ ।
डाक्टरहरूका अनुसार यस प्रकारको चोट सामान्यतया खेलाडीहरूमा देखिन्छ ।
यो चोटले रश्मिकाको आगामी छायांकन तालिका र अन्य व्यावसायिक प्रतिबद्धताहरूमा असर पार्न सक्छ ।
रश्मिका हाल भारतीय सिनेमाकी सबैभन्दा व्यस्त अभिनेत्रीहरू मध्ये एक हुन् । उनी धेरै भाषाका फिल्महरूमा काम गरिरहेकी छिन् । रिपोर्टका अनुसार, उनी हाल चार प्रमुख फिल्महरूको छायांकन गरिरहेकी छिन् । लगभग ३० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रचार गरिरहेकी छिन् ।




