‘पारिजात’ मा गौरव र खुसीको वियोगान्त प्रेम

काठमाडौं । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘पारिजात’ बोलको सार्वजनिक गीतमा अस्मिता रुचालको शब्दमा गायक सिलवालको स्वर र सङ्गीत छ ।

गीतको भिडियोमा प्रेमील भाव व्यक्त गर्ने एकतर्फी प्रेमलाई देखाइएको छ । जसमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् ।

गायक प्रकाशले गीतका बारेमा भने, ‘यो गीत प्रेमिल र सरल छ । एउटा केटाले आफ्नो मन परेको मान्छेका लागि आफुमा ल्याउने बदलावसँगै अव्यक्त भावनालाई गीतमा प्रस्तुत गरेका छौँ । प्रेम गर्नेलाई यसले ‘कनेक्ट’ गर्छ भन्नेमा विश्वस्त छौँ ।’

घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडियोका निर्माता कथाकार शान बस्न्यात हुन् । उनले नै भिडिओको कथा तथा पटकथा तयार गरेका हुन् ।

यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन् ।

निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा डीओपी संगम राई, स्टाइलिस्ट अञ्जली रिजाल, मेकअप ज्योति केसी, हेयर अलिजा सिजावाल, साउण्ड देव न्यौपानेको रहेको छ ।