‘एक्का तीन’मा देखियो पूजा र कविताको टकराव

काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य नायिका मात्र राखेर तयार पारिएको लुक्समा टकराव देखिन्छ ।

सार्वजनिक पोष्टरमा नायिका पूजा शर्मा र कविता नेपालीलाई एंग्री अवतारमा देख्न सकिन्छ ।

जुना फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा नायक को रहने हुन् भन्ने विषयमा खुलाइएको छैन ।

रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सुमन गजमेरको लेखन छ ।

चलचित्रमा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।

एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा यसपटक दुई नायिकाको लडाई देख्न पाइनेछ । पूजा र कविताको टकराव दर्शकका लागि विशेष प्रतिक्षामा रहने पक्का छ ।