एकले अर्कोलाई नजरअन्दाज गर्दै एैक दिन तीन सिनेमा

काठमाडौं । नेपाली सिनेमा घरमा यो साता नयाँ सिनेमाको संख्या उच्च देखिने भएको छ । नेपाली सिनेमा मात्रै तीनवटा एकै दिन रिलिज हुनेछन् ।

‘बेहुली’, ‘अक्षरा’ र ‘पेन्सनपट्टा’ एकसाथ रिलिज हुँदा विदेशी भाषाका थप तीनवटा नयाँ सिनेमा आउनेछन् ।

यसले विपद्ले प्रतिकूल अवस्था सिर्जना गरेको समयमा पनि सिनेमा हलमा सिनेमा खचाखच हुने देखिएको छ ।

‘बेहुली’मा कुल व्वाई र दीव्या रायमाझी मुख्य भूमिकामा छन् । ‘पेन्सन पट्टा’मा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् । ‘अक्षरा’मा सुशील सिटौला र न्यान्सी खड्काको जोडी प्रमुख भूमिकामा छन् ।

सोसल लभस्टोरी ड्रामा यी सिनेमामध्ये कुन चाहिँ दर्शकको रोजाईमा पर्ने हो प्रतिक्षाको विषय बनेको छ । अफ्ठ्यारो समयमा एकअर्कालाई नजरअन्दाज गर्दै आएका यी सिनेमामध्ये कुनले बाझी मार्ने हो त्यो भने शुक्रबारसम्म कुनुपर्नेछ ।

एकै पटक ६ वटा सिनेमा आउँदो शो भने बाँडिनेछ । त्यसैले इनिसियल बिजनेसको लोभ भने कुनैले पनि गर्न पाउने छैनन् । शो बाँडिदा सीमित शोमा यी चलचित्र खुम्चिनु पर्नेछ । त्यसपछि भने जुन सिनेमा बलियो हुनेछ, त्यसैले शो थप्दै जानेछ ।