नेपालको पहिलो सिंगल सट छायाँकार को हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगका केही यस्ता रेकर्ड पनि छन्, जो आफैँमा अनौठा छन् । त्यस्तै अनौठा रेकर्डमध्येको एउटा रेकर्ड हरि घले लामाका नाममा छ ।

छाँयाकार हरि घले नेपालमा सिंगल सटमा सिंगो फिचर फिल्म खिच्ने पहिलो छाँयाकार हुुन् ।

नेपालमा प्रथम पटक एक सटमा खिचिएको चलचित्र ‘जालो’ हो । यो सिनेमाका छायाँकार हरि घले लामा हुन् ।

जालो छायांकन गर्दा क्यामेरा नरोकिकन एक सट मै खिचिएको थियो । निर्माण पक्षले फिचर लेन्थको एक सट मै खिचिएको संसार कै पहिलो चलचित्र भएको दाबी गरेको छ ।

यो चलचित्रलाई र्‍यापर समेत रहेका अराज केशवले निर्देशन गरेका थिए । यो चलचित्र वि.सं. २०७४ जेठ १९ गते नेपालभर प्रदर्शनमा आएको थियो ।

यो चलचित्र एक सर्टमा खिचिएको थियो । कुनै पनि सिनमा दोहोर्‍याएर टेक नलिई एकै सटमा खिचिएको थियो ।

क्यामेरा अन भएपछि एकैपटक सिनेमा सकिएपछि मात्रै अफ भएको थियो ।

आआफ्नो सिन र डाइलगमा पहिला नै तयार भएका कलाकार एउटा सिन सकिएलगत्तै अर्को सिनेमा तुरुन्तै एकपछि अर्को गर्दै आएर अभिनय गरेका थिए । महिनौं लामो वर्कसपका कारण यो सम्भव भएको थियो ।

एकैपटक यो चलचित्रको दुईवटा भाग खिचिएको थियो । ‘जालो’ र ‘जालो रिटर्न्स’ । ‘जालो’ रिलिज भए पनि ‘जालो रिटर्न्स’ भने हलमा रिलिज भएन । पहिलो चलचित्र व्यापारिक रुपमा सफल नभएपछि आर्थिक अभावका कारण ‘जालो रिटर्न्स’ हल रिलिज हुन सकेन ।

वान सट मुभी ‘जालो’ ५३ वटा हलमा रिलिज भएको थियो । ‘जालो’ ले काठमाडौंमा १७ र काठमाडौं उपत्यका बाहिर ३६ शो गरी नेपालभर ५३ वटा शो पाएको थियो ।

चलचित्रमा संगीतकार मोहित मुनालले लगानी गरेका थिए ।

‘जालो’ वान सर्टमा खिचेर विश्वकै लामो वन टेक मुभीको रेकर्ड बनाउन निर्माण गरिएको थियो । ‘जालो’लाई लेन्थ ३ घण्टा ५३ मिनेट खिचेर दुईवटा चलचित्रमा विभाजन गरिएको थियो । ‘जालो’ १ घण्टा ४७ मिनेटको लामो थियो ।

चलचित्र ‘जालो’मा नीर शाह, प्रकाश शाह, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, मेनुका प्रधान, मुना गौचन, निराजन प्रधानलगायत कलाकारको अभिनय थियो ।

‘जालो’ भने युट्युबमा पनि रिलिज भइसकेको छ ।