‘१२ गाउँ २’का अभिनेता समीर भट्टको एक्सन लुक्स सार्वजनिक

काठमाडौं । असोज ३० गते फूलपातीमा रिलिज हुने चलचित्र ‘१२ गाउँ २’का अभिनेता समीर भट्टको एक्सन लुक्स सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता भट्टको सिक्स प्याक शरीर र आक्रामक एक्सन लुक्स देख्न सकिन्छ ।

बिराज भट्टको निर्देशन रहेको चलचित्रमा समीर भट्टसहित बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्टा, राज हमाल, प्रजल दुलाल, कमल देवकोटालगायतको अभिनय छ ।

चलचित्रमा सन्तोष सरकारको कथा र महेश पौडेलको छायांकन रहेको छ।