‘वर एण्ड वधु’को गीत ‘माया’मा रोमान्टिक आँचल र विवेक

काठमाडौं । शुक्रबारदेखि हलमा रिलिज भइरहेको चलचित्र ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
दीपक लिम्बू र प्रविशा अधिकारीको स्वर रहेको गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई कलाकार नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यलाई देख्न सकिन्छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतका कलाकारहरुको अभिनय छ ।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुदीप बरालको छायांकन छ ।