अघि बढ्दै ‘बाः एक योद्धा’, ८० प्रतिशतभन्दा माथि अकुपेन्सी

काठमाडौं । मौसम खुल्दै जाँदा चलचित्र ‘बाः एक योद्धा’को अकुपेन्सीको ग्राफ पनि उकालो लाग्दै छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले राम्रो प्रतिकृया पाए पनि लगातारको वर्षाका कारण उत्साहजनक संख्यामा दर्शकको साथ पाउन सकेको थिएन ।

तर, आइतबार दिउँसोबाट मौसम सफा हुँदै गएपछि दर्शकको उत्साहजनम साथ पाउन थालेको छ । आइतबार मध्याह्नपछिका अधिकांश शोमा औसतमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी छ ।

कतिपय शो हाउसफूल छन् । “आजबाट सिनेमाले गति समातेको छ । मौसममा सुधार देखिन सुरु गरेपछि हाम्रो चलचित्रका शो पनि हाउसफूल हुन थालेका छन्,” निर्देशक हरि लम्सालले भने, “हामीलाई दई दिन वर्षाको असर गर्‍यो । तर आजबाट हाम्रो सिनेमा हेर्न दर्शकमा देखिएको उत्साहले हामी पनि उत्साही भएका छौँ ।”

अधिकांश दर्शकले सिनेमाले इमास्नल बनाएको, रुवाएको र आफ्नो, आफन्त र छिमिकीको अथवा देखे/भोगेकै कथा उठान गरेकाले कनेक्ट भएको बताइरहेको निर्देशक लम्सालले बताए ।

दर्शकले अभिभाकहरूले आफ्ना सन्तानलाई सिनेमा देखाउनु पर्ने बताएका छन् ।

आफ्नो अधिकार खोज्ने तर तर दायित्व बिर्सिने सन्तानका लागि ‘बाः एक योद्धा’ देखाउने पर्ने सिनेमा भएको दर्शकको प्रतिक्रिया आएको निर्माता हरि लम्सालले बताए ।

“हामीलाई दर्शकले यो सिनेमा अभिभावकले आफ्ना सन्तानलाई देखाउने वातावरण सिर्जना गर्नुपर्‍यो भनेर भनिरहनु भएको छ,” निर्माता लम्सालले भने, “दर्शकको यो आग्रह र सन्देशलाई हामी मिडियामार्फत दर्शकसम्म पुगोस् भन्ने चाहन्छौँ ।”

‘बाः एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ ।

‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।