सोफा स्टोरको ब्रान्ड एम्बेसडर बने पारस बम

काठमाडौं । सोफा स्टोरले अभिनेता तथा टिकटक क्रिएटर पारस बम ठकुरी ‘कुलब्वाय’लाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। जडीबुटीस्थित स्टोरको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा सहकार्य घोषणा गरिएको हो ।

सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले सहकार्यले कम्पनीका उत्पादनलाई देशभरका उपभोक्तामाझ पुर्‍याउन सहयोग गर्ने बताए ।

ब्रान्ड एम्बेसडर पारसले आफूले स्वास्थ्य र समाजमा असर गर्ने उत्पादनको प्रचार नगर्ने बताए। उनले भने, “म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवर्द्धन गर्छु। हानिकारक कुराको प्रचार गर्दिनँ।”

सोफा स्टोरले काठमाडौं उपत्यकाका जडीबुटी, महाराजगन्ज, भक्तपुर र चमाती तथा धनगढी र सुर्खेतमा बिक्री केन्द्र सञ्चालन गर्दै आएको छ । कम्पनीले करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।