चलचित्र ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । गीतमा शिव परियार र सारोही कुमारको स्वर छ । शब्द तथा संगीत युग भुसालको रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य छ ।

विराज भट्टको निर्देशन रहेको एक्सन सिनेमा ‘१२ गाउँ २’ विराज पनि मुख्य भूमिकामा छन् ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमाको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् ।

सरस्वती भट्टको लगानी रहेको यो सिनेमा आगामी असोज ३० गते दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ ।

सिनेमामा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

यसै सिनेमाबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।