सकियो ‘भिडियोटेप’को छायांकन
काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको चलचित्र ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ ।
हरर जनराको यो फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो । फिल्मलाई ३ रात काठमाडौंमा पनि खिचिएको छ ।
उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिकामा छन् । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
चलचित्रमा वशिष्ट प्रधानको डीओपी छ । ओविद उद्दिनले निर्देशन गरेका छन् ।





