चलचित्र ‘कबड्डी ५’को गीत ‘थाक खोला’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘कबड्डी ५’को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर छ । क्याची मेलोडी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, विजय बराल, बुद्धी तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ लगायत छन् ।
काजी पात्रको मनोभाव प्रस्तुत गरिएको सार्वजनिक भिडियोमा तीनजना सोल्टिनीसँगको सम्बन्धलाई देखाइएको छ । एउटी सोल्टिनीसँग उनले घरबार बसाएका छन् । अर्की सोल्टिनी (मैयाँ) र मिस शान्ति पनि उनको जीवनमा ठोक्किएका देखिन्छन् ।
सिनेमामा विपीन कार्की, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमालाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।





