karsang
Close Me

विष्णु माझी कति लिन्छिन् गीत गाएको पारिश्रमिक, आठ लाख ?

काठमाडौं । विष्णु माझी लोभलाग्दो क्रेज भएकी गायिका हुन् । उनका गीत सुन्न दर्शक सधैँ प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । यसलाई पुष्टि केही अगाडि सार्वजनिक उनको गीतले नै पुष्टि गर्छ ।

‘आइन आमा यो तीजमा…’ गीत चौवीस घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको थियो । केही वर्षयता उनी तीजका गीतमात्रै गाउँदै आएकी छिन् । उनले तीजबाहेक अरु र अरुका गीत गाएकी छनैन् ।

तीन वर्षअघि अरुका गीत गाउँदा उनले दुई लाखसम्म पारिश्रमिक लिने गरेकी थिइन् ।

दुई लाख पारिश्रमिक दिएर पनि गाउन लगाउन तयार भएपछि सुन्दरमणिले विष्णु माझीको पारिश्रमिक बढाउन खोजे । त्यसपछि भने उनलाई हालसम्म कुनै पनि म्युजिक प्रोडुसर तथा डोयट गीत गाउन गायकगायिका अग्रसर देखिएनन् ।

विष्णु माझीले कुन गीत गाउने, कस्तो गीत गाउने, कुन समय कुन स्टुडियोमा गाउने, कति पारिश्रमिक लिने त्यो सबै निर्णय उनका श्रीमान् सुन्दरमणि अधिकारीले गर्छन् ।

दुई लाखभन्दा माथि कति पारिश्रमिक लिन्छन्, त्यो हालसम्म कसैबाट लिएका छैनन् । तर उनले पाँच लाखभन्दा माथि पारिश्रमिक लिने बताउने गरेको स्रोत बताउँछ ।

विष्णु माझीलाई आफ्नो शब्द तथा संगीतमा गीत गाउन लगाइसकेका एक गीतकार तथा संगीतकारका अनुसार आफू नजिकका व्यक्तिहरूमार्फत सुन्दरमणिले पाँचदेखि आठ लाख रुपैयाँ गाएको लिन चाहेको बताउने गरेका छन् ।

“हामीसँग कुरा गर्दा गीत राम्रो भए पैसाको त मिलिहाल्छ भन्नुहुन्छ तर वास्तवमा उहाँले पारिश्रमिक नै बढाउन खोज्नु भएको हो,” ती सर्जक भन्छन्, “म सँग सिधै भन्नु भएको होइन तर अरुअरुबाट सुनेअनुसार अब ५ देखि ८ लाख रुपैयाँसम्म लिन्छु भन्नु हुन्छ रे ।”

विष्णु माझी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिने गरेकी छैनन् । उनलाई सुन्दरमणिले नै नजरबन्दम त राखेका होइनन् भनेर सबैतिर टिप्पणी हुनथालेपछि प्रहरी प्रशासनले खोजी गर्दा विष्णुले सीडीओ कार्यालयमा गएर उनी स्वयंले आफ्नै खुसीले आफू बाहिर नआएको बताएकी थिइन् ।

सीडीओ कार्यालयमा जाँदा पनि उनी मास्क लगाएर गएकी थिइन् ।

उनी गीत गाउन जाँदा स्टुडियोमा पनि कसैसँग बोल्दिनन् भने कसैसँग तस्बिर पनि खिचाउँदिनन् । स्टुडियोदेखि घरसम्म सुन्दरमणिले नै पुर्याउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

विष्णु माझीकी बहिनीको स्वर पनि विष्णुको जस्तै थियो, तर उनी पनि गुमनाम