बक्सअफिसमा ‘कबड्डी ५’ धेरै अगाडि, अरु कुन फिल्मको कमाइ कति ?

काठमाडौं । दशैँको अवसर पारेर प्रदर्शनमा आएका चलचित्र ‘आ बाट आमा २’, ‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’ र ‘कबड्डी ५’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस विवरणअनुसार प्रदर्शनको ९ दिनमा ‘कबड्डी ५’ले १० करोडको आकडा पार गरेको छ । यो सिनेमाले १० करोड ७६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

पल शाह मुख्य भूमिकामा रहेको ‘आ बाट आमा २’ले ६ करोड २४ लाख कमाइ गरेको छ ।

दीपकरा गिरी मुख्य भूमिकामा रहेको ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख रुपैयाँ कलेक्सन गरेको छ ।

समीर भट्टको मुख्य भूमिकामा रहेको ‘१२ गाउँ २’ले २ करोड २९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

चलचित्र ‘गौँथली’ले २६ करोड ७ लाख, ‘पेन्सन पट्टा’ले १० करोड २८ लाख र ‘बा : एक योद्धा’ले ३ करोड ५४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।