भिडियोमार्फत कलाकार सार्वजनिक गर्दै ‘द प्रोफेसनल गाइज’ टिम

काठमाडौं । चलचित्र ‘द प्रोफेसनल गाइज’ले कलाकार घोषणा गरेको छ । चलचित्रमा कलाकार अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर शिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्री मुख्य भूमिकामा देखिनेछन् ।

त्यस्तै, चलचित्रमा गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मि उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, झान कुमार श्रेष्ठ, बिपन कार्की, मुन्ना शाह र राजु नन्दीलगायत कलाकारको अभिनय रहनेछ । बाल कलाकारतर्फ रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ तथा अभिलाषा मानन्धर रहेका छन् ।

निर्माण टिमले भिडियोमार्फत कलाकार अनुबन्धको जानकारी दिएको हो ।

प्रायः चलचित्रमा कलाकार अनुबन्ध भएको जानकारी पोस्टरमार्फत सार्वजनिक गर्ने गरिए पनि यस चलचित्रको टिमले भने कलाकारका रोचक भिडियो सार्वजनिक गर्दै अनुबन्धबारे जानकारी गराइरहेको छ ।

चलचित्रमा अस्मिता अधिकारी, बिराज गौतम तथा बियोन्डको स्वरमा रहेका गीत सुन्न पाइनेछ।

चलचित्रका गीतका भिडियोमा राहुल शाहले कोरियोग्राफी गर्नेछन् । डार्विन श्रेष्ठ छायांकन निर्देशक रहेका छन् । सिनेमाटोग्राफीमा डार्विन श्रेष्ठ, सुबन गुरुङ, विजय रोय तथा अमृत चौहान रहनेछन् । चलचित्रको सम्पादन तथा कलरिङ अनन्त घिमिरेले गर्नेछन् ।