अनमोलको ‘बाटुलो जून’ रिलिज

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘बाटुलो जून’ आजबाट प्रदर्शनमा आएको छ ।

अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त सिनेमाको मुख्य भूमिकामा छन् ।

चलचित्रलाई भुवन केसीले निर्देशन गरेका छन् । जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्रलगायतको पनि अभिनय छ ।

कृष्ण भण्डारी सम्पादक रहेको चलचित्र लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् ।