‘रामायण’ले नेपालमा कति कमायो ?

काठमाडौं । बलिउड सिनेमा ‘रामायण’ले नेपालमा बक्सअफिसमा उल्लेख्य ग्रसकलेक्सन गरेको छ । हालसम्म यो सिनेमाले २४ करोड ५५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘रामायण’को नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार हालसम्म यो सिनेमा ६ लाख ७ हजारले हेरेका छन् ।

यो सिनेमा नेपालमा दोस्रो धेरै कमाउने बलिउड सिनेमा बनेको छ । ‘पुष्पा २’ नेपालमा २६ करोड ४६ लाख रुपैयाँ कलेक्सन गरेको थियो । ‘बाहुबली २’ले २३ करोड कलेक्सन गरेको थियो । ‘केजीएफ २’ले १९ करोड ८० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

नितेश तिवारीको निर्देशन रहेको ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।