karsang
Close Me

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न

नेपथ्य ब्यान्डको डेढ महिना लामो अमेरिका यात्रा ‘अमेरिका शृंखला २०२४’ सम्पन्न भएको छ।

यसपालि कोलोराडोको डेनभरबाट सुरु भएको यात्रा क्यालिफोर्निया, ओहायो, टेक्सास, न्युयोर्क, मेरिल्यान्ड हुँदै पेन्सिलभानियाको ह्यारिसबर्गमा टुंगिएको हो।

मुख्य गायक अमृत गुरुङले दर्शकबाट प्राप्त न्यानो माया र सहभागिताको लागि आभार व्यक्त गर्दै, आगामी भेटको आशा गरे।

ह्यारिसबर्गमा आयोजित कन्सर्टमा ऐतिहासिक सहभागिता रहेको बताइन्छ। विभिन्न उमेर समूहका दर्शकहरूले नेपथ्यको गीतसंगीतमा रमाएका थिए। स्थानीय आयोजक नीरज आलेमगरले यो कार्यक्रम नेपाली समुदायको लागि महत्वपूर्ण रहेको उल्लेख गरे। नेपथ्यको प्रस्तुति र व्यवस्थापनलाई अन्तर्राष्ट्रियस्तरको अनुभव मानिएको छ।

ब्यान्डले राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीतहरू कन्सर्टमा समेटिएको थियो । कार्यक्रमभरि पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव सुनाउँदै पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याएका थिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि भेटौँला, मिलेर बस्नुस् है’ भन्दै धन्यवाद दिएका छन् ।