भदौरे घाममा कृषालाई असारे चटारो (तस्बिरमा)

काठमाडौं । चलचित्र ‘पिताम्बर’को यतिबेला छायांकन भइरहेको छ । स्टार अभिनेता तथा अभिनेत्रीहरुको बलियो लाइनअप भएको चलचित्रको अन्तिम सेड्युलअन्तर्गत नवलपरासीमा छायांकन भइरहेको छ ।

भदौरे घाममा नवलपरासीको चर्को गर्मीमा निर्देशक कृषा चौगालाईंको क्याप्टेनसिपमा चलचित्रको एक्सनकट चलिरहेको छ । भब्य सेट लगाएर छायांकन भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।

नेपाली चलचित्र उद्योगका अधिकांश स्टारको अभिनय रहेको चलचित्रको छायांकन भइरहेको हो । चलचित्रको आकर्षक लाइनअपले यतिबेला यो सिनेमाप्रति दर्शक तथा स्वयं चलचित्रकर्मीहरूका लागि नै कौतुहलता छ ।

चलचित्रलाई भब्य, सभ्य र राम्रो बनाउन यतिबेला निर्माणटिम कम्मर कसेर लागिरहेको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, गौरव विष्ट, विशाल पहारी, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतको कलाकारको अभिनय छ ।

कलाकारको यो लोभलाग्दो लाइनअपले सिनेमा कस्तो बन्ने हो भन्ने प्रतिक्षा र कौतुहलता अहिलेबाटै सुरु भइसकेको छ ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।

यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।