karsang
Close Me

‘खुस्मा’को तीन दिनको ग्रसकलेक्सन २ करोड ५५ लाख

काठमाडौं । चलचित्र ‘खुस्मा’ले तीन दिनमा अढाई करोडभन्दा धेरै ग्रसकलेक्सन गरेको छ । संविधान दिवसको अवसर पारेर गत बिहीबारबाट रिलिज भएको चलचित्रले तीन दिनमा २ करोड ५५ लाख कलेक्सन गरेको निर्माण पक्षले तथ्यांक सार्वजनिक गरेको छ ।

बिहीबार, शुक्रबार र शनिबार गरेर तीन दिनमा २ करोड ५५ लाख कलेक्सन गरेको हो । चलचित्र राम्रो अकुपेन्सीसहित चलिरहेको छ ।

अहिले पनि धेरै हलमा यो सिनेमाले उच्च अकुपेन्सीमा दर्शक पाइरहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका छन् ।

चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन छ ।

चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गरेको छ ।