हाइपअनुसारको कमाइ गर्दै ‘बेहुली फ्रम मेघौली’, एकैदिन कलेक्सन गर्यो करिब एक करोड
काठमाडौं । लोभलाग्दो हाइप बनाएर प्रदशर्नमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ग्रसकलेक्सन पनि हाइपअनुसारकै बनाइरहेको छ ।
सुखद ओपनिङ गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । पहिलोभन्दा तेस्रो दिन धेरै दर्शकले चलचित्र हेरेका छन् ।
प्रदर्शनको तेस्रो दिन शनिबार यो चलचित्रले ९० लाख ग्रसकलेक्सन गरेको छ । दोस्रो दिन शुक्रबार ५५ लाख ग्रसकलेक्सन गरेको चलचित्रले पहिलो दिन ८० लाख ग्रसकलेक्सन गरेको वितरक डीसीएनले जनाएको छ ।
अशोक शर्माले तीन दिनमा ‘बेहुली फ्रम मेघौली’ले २ करोड १५ लाख ग्रसकलेक्सन गरेको छ ।
चलचित्रमा बिदाको दिनमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको बताएका उनले बिदा नपरेको दिनमा कम्तीमा ५५ प्रतिशतभन्दा माथि अकुपेन्सी छ ।
८० प्रतिशतसम्म अकुपेन्सी हुँदा एकै दिन ९० लाख ग्रस गरेको चलचित्रले ५५ प्रतिशतको आसपास ग्रस हुँदा ५५ लाख हलबाट उठाएको हो ।
‘बेहुली फ्रम मेघौली’ले देशभर पहिलो दिन ३४० भन्दा धेरै शो पाएको थियो ।
चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् । सिनेमाका लेखक पनि उनीहरू नै हुन् ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।
चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा पेस गर्छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी छ ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ ।
जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गरेको छ ।