वर्षकै सुपरहिट सिनेमा ‘जारी’ युट्युबमा, भ्युजको बाढी

काठमाडौं । वर्षकै ब्लकबस्ट चलचित्र ‘जारी’ युट्युबमा रिलिज भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘जारी’ युट्युबमा रिलिज भएको हो । जारी प्रथामा आधारित रहेको सिनेमा निर्माण भएको छ ।
दशैंको अवसरमा पारेर वर्षकै ब्लकबस्टर चलचित्र युट्युबमा रिलिज गरिएको हो । १२ घण्टामा करिब ९ लाखले यो चलचित्र हेरिसकेका छन् । हलमा जस्तै युट्युबमा पनि चलचित्र रुचाइने देखिएको छ ।
उपेन्द्र सुब्बाको डेव्यु निर्देशन रहेको चलचित्र २०८० वैशाख १ गते रिलिज भएको थियो । नेपाली बक्सअफिसमा मात्रै १७ करोडमाथि ग्रसकलेक्सन गरेको थियो ।
चलचित्रमा दयाहाङ र मिरुनासँगै रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।