केदारको निर्देशनमा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने
१० कार्तिक २०८१, शनिबार
काठमाडौं । नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने भएको छ । केदार श्रेष्ठले यो नाटक निर्देशन गर्नेछन् । नाटक पनि निर्देशक श्रेष्ठ स्वयंले लेखेका छन् ।
“यो नाटक घटनाप्रदान भन्दा पनि भावनाप्रदान रहेको छ,” । नाटकमा मुख्य कलाकार कर्मा र मेनुका प्रधानको अभिनय रहनेछ,” उनले भनेका छन् ।
निर्देशक श्रेष्ठका अनुसार छठको दिनबाट नाटक मञ्चन हुनेछ ।
मण्डला थिएटरले यो वर्ष मञ्चन गर्ने सातवटा नाटकमध्ये यो तेस्रो नाटक हुनेछ । मण्डलाले यो वर्ष सातवटा नाटक मञ्चन गर्ने घोषणा गरेको थियो ।