karsang
Close Me

‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनमा, दर्शकको मन जित्ला ?

काठमाडौं । मोसन पोस्टर र काँधेकुरीबाट राम्रो चर्चा बटुलेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट रिलिज भएको छ ।

तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको हो । बाबु र छोराको इमोस्नल सम्बन्धको कथा भन्ने चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

चलचित्रले गन्धर्व समुदायमा बाबुले छोराका लागि देख्ने सपनाको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ । विजय यो सिनेमाको मुख्य भूमिकामा छन् ।

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ । क्यूएफएक्सलगायत ठूला मल्टिपेक्सले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका हुन् । चलचित्रले दर्शकको मन जितेर दर्शक तान्न सक्छ सक्दैन त्यो भने आज थाहा हुनेछ ।

वर्डअफ माउथ राम्रो भएन र दर्शक आएनन् भने चलचित्रले पाएका शो भोलिबाट नै मल्टिप्लेक्सले घटाउन थाल्नेछन् ।

अभिनेता विजय बरालले ‘पूर्ण बहादुरको सारङ्गी’को प्रचारमा मोफस टुर गर्दा सकारात्मक रेस्पोन्स पाएको बताएका छन् । हलहलमा पुग्दा र कार्यक्रमस्थलमा पुग्दा दर्शकले ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्ने हो भनेको उनले बताएका छन् ।

“हलहलमा पुग्दा तपाईंको पूर्ण बहादुर त हेर्ने हो भन्दा हामी निकै उत्साही भएका छौँ,” विजय भन्छन्, “सहर घुमिरहँदाको प्रतिक्रिया र दर्शकको उत्साह देख्दा राम्रो भाइब्स आइरहेको छ ।”