karsang
Close Me

‘पूर्ण बहादुरको सारङ्गी’को पाँच दिनको कलेक्सन करिब ५ करोड

काठमाडौं । कात्तिक १५ गतेबाट प्रदर्शनमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रको यो कलेक्सन सोमबारसम्मको हो ।

आक्रामक कलेक्सन गरिरहेको चलचित्रले पाँच दिनमै लगानी सेभ गरेको छ । लगानी उठाएर निर्माणपक्ष नाफामा समेत गइसकेको वितरकको दाबी छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको चलचित्र हो ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

चलचित्रले गन्धर्व समुदायको कथा भन्छ । छोराको भविश्यका लागि बुवाले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।