karsang
Close Me

दीपक भन्छन्– यसकारण नेपाली चलचित्रको भविष्य राम्रो छ

काठमाडौं । अभिनेता दीपकराज गिरीले पछिल्ला केही चलचित्रको व्यापारले नेपाली चलचित्रको भविश्य उज्वल रहेको संकेत गरेको बताएका छन् । विभिन्न जनराका सिनेमा चल्नुले नेपाली चलचित्र उद्योगको भविष्य उज्यालो रहेको संकेत गरेको उनले बताएका छन् ।

‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ चल्नु आफैँमा उत्साहप्रद भएको उनी बताउँछन् । कमेडी, एक्सन र सेन्टिमेन्टल सिनेमा चल्नुले नेपाली चलचित्र उद्योगको राम्रो रहेको संकेत गरेको उनको बुझाइ छ ।

“यता, पूर्णबहादुरको सारङ्गीले हलहरूमा आगो बालिरहेको छ । क्यूएफएक्स हलहरूमा रहेका छक्का पन्जाका शोहरू अझै पनि राताम्मै छन् । १२ गाउँको पनि त्यस्तै छ,” दीपक फेसबुकमा लेख्छन्, “एक्सन, कमेडी, सेन्टिमेन्टल सबै प्रकारका नेपाली फिल्म चल्नुले नेपाली सिनेमाको भविष्य राम्रो देखाउँछ ।”