सबै चलचित्रको रेकर्ड तोड्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो धेरै कमाउने सिनेमाको रेकर्ड
काठमाडौं । चलचित्र ‘कबड्डी ४’को नाममा रहेको धेरै कमाउने सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा सरकेको छ ।
‘कबड्डी ४’ले लाइफटाइममा बनाएको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनमै तोडेको हो ।
घरेलु बक्सअफिसमा १२ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक मनोज राठीले यो अहिलेसम्मकै नेपाली चलचित्रको सबैभन्दा धेरै ग्रसकलेक्सन भएको बताएका छन् ।
चलचित्र ‘कबड्डी’ले २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो । यो रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनको छोटो अवधीमा भेटेको हो ।
अहिले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक उच्च शोसहित प्रदर्शनरत छ । त्यसैले यसले कलेक्सनमा अझै धेरै करोड थप हुने निश्चित छ ।
हालसम्म देशभर हाउसफूल अकुपेन्सीमा रहेकाले कलेक्सन थप बढ्ने निश्चित छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा उठान गरेको छ छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्र उद्योगमा बनाएका यी रेकर्ड, कति वर्ष लाग्ला तोड्न ?
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।