फेरि किन ‘पूर्ण बहादुरको सारङ्गी’ टिम मोफसलमा, अझै प्रचारमा हो ?
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ टिम आजबाट मोफसल टुरमा निस्किएकाे छ । चलचित्रका मुख्य कलाकार विजय बरालसहितका कलाकार तथा निर्माता आजबाट मोफसल निस्किएका हुन् ।
यो पटक भने ‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्रको प्रचारका लागि नभएर दर्शकलाई धन्यवाद भन्न मोफसलका हलमा गएका हाैं । मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन टिम मोफसलमा निस्किएकाे हो ।
“दर्शकको राम्रो वर्ड अफ माउथकै कारण हाम्रो चलचित्र सफल भयो । त्यसैले दर्शकलाई भेटेर नै धन्यवाद भन्नुपर्छ भन्ने हामाीलाई लाग्यो त्यसैले मोफसल गएका हौँ,” पूर्ण बहादुरको सारङ्गीका निर्माता विनोद पौडेलले भने, “काठमाडौं उपत्यकाका हलमा त हामी हरेक दिनजस्तो दर्शकसँग भेटिरहेका छौँ । मोफसलका दर्शकमा पनि पुगेर आभार व्यक्त गर्ने हाम्रो चाहना हो ।”
‘पूर्ण बहादुरका सारङ्गी’ नेपालमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । १३ दिनमा यो चलचित्रले २५ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । यसले चलचित्र ‘कबड्डी’को नाममा रहेको धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड तोडेको हो ।
कात्तिक १५ गते रिलिज भएको चलचित्र अहिले पनि उच्च हो र हाउसफूल अकुपेन्सीसहित चलिरहेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो चलचित्रको मुख्य कथा हो ।