‘हरिबहादुरको जुत्ता’मा ‘१२ गाउँ’ भिलेन मुरलीधरको प्रवेश
काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा मुरलीधर अनुबन्धित भएका छन् । कलाकारको लाइनअप बलियो बन्दै गएको चलचित्रमा निर्माणपक्षले मुरलीधरलाई अनुबन्धित गरेको हो ।
मुरलीधर प्रायः खलपात्रमा देखिदै आएका कलाकार हुन् । चलचित्र ‘१२ गाउँ’मा पनि उनी मुख्य खलपात्रमा देखिएका थिए ।
प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् ।
‘हरिबहादुरको जुत्ता’मा मुख्य भूमिकामा हरिवंश आचार्य छन् । ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो सिनेमा निर्माण गर्न लागेका छन् । ओली पहिलोपटक सिनेमा निर्माण गर्न लागेका हुन् ।
हरिवंशले सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । उनले चलचित्र युनिक आइडियामा बन्न लागेको बताएका छन् । सरोज, प्रियंका र हरिवंशले गीत र म्युजिक भिडियोमा बाक्लै काम गर्दै आएका छन् ।
निर्देशक दीपेन्द्रले भने हरिवंश र प्रकाशसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।
चलचित्र माघ २१ गतेबाट छायांकनमा जाँदै छ ।