karsang
Close Me

दयाहाङ र रिश्माले सुरु गरे ‘रिमै’को छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भइरहेको यो सिनेमाको पहिलो सट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् ।

आगामी एक महिनासम्म सिनेमाको छायांकन गोरखाका विभिन्न स्थानहरू जस्तै सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

सिनेमाको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेका छन् । यो सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति हो, जसलाई आरआर फिल्मस् र रोटेपिङ इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिरहेको छ ।

सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, र डिवी गुरुङजस्ता कलाकारहरूको अभिनय रहनेछ । निर्माण टोलीमा वीरवल घले, टिका गुरुङ, र दुन बहादुर घले निर्माता रहेका छन् भने बिनु गुरुङ, रोशन भट्टराई, र राजेश घिमिरे सहनिर्माताको रूपमा छन् ।

सिनेमाको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकनको जिम्मा शैलेन्द्र ध्वज कार्कीले लिएका छन् । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक र मित्र डि गुरुङ सम्पादकको भूमिकामा छन् । प्रोडक्सन म्यानेजरको रूपमा बिष्णु मैनाली रहेका छन् ।

यो सिनेमा आरआर फिल्मस्ले वितरण गर्नेछ।