‘तेल भिसा’ले कति पायो शो, कति गर्ला ओपनिङ ?
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रले उच्च शो पाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा यो चलचित्रले ४७ शो पाएको छ । काठमाडौंका आउटलेटमा २५ र उपत्यका बाहिर २२ शो पाएको छ ।
आईएनआईमा ९, वान सिनेमाजमा ७, बिग सिनेमाजमा ४ शो पाएको छ । विपीन कार्की स्टारर ‘तेल भिसा’ले अन्य मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ ।
शो राम्रै पाएकाले चलचित्रको ट्रेलर हेरेर दर्शकले विश्वास गरे भने ओपनिङ राम्रो गर्ने सम्भावना छ । बुकिङ राम्रो देखियो भने हलले शो थप्ने भएकाले राम्रो ओपनिङ गर्नसक्छ । तर शो बढ्ने वा घट्ने त्यो भने बुकिङले निर्धारण गर्नेछ ।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।
‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो ।