karsang
Close Me

‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ हलमा, कसले मार्ला बाजी ?

फ्राइडे रिलिजअन्तर्गत आजबाट दुइवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ आजबाट प्रदर्शनमा आएका हुन् ।

नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँमा गाडी आएपछि परम्परागत पेसामा आएको संकटको कथा भन्नेछ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक नवीनले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक नवीन स्वयं हुन् ।

‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । नेपाली डायस्पोराको कथा भन्ने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।