प्रदीप र मेलिनाको स्वरमा ‘ओ सानी’

काठमाडौं । ‘ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रदीप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको गीतमा शब्द तथा संगीत गायक स्वयम् पाण्डेको रहेको छ ।

गायक पाण्डेले यसअघि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । सुजन मार्फाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा सुजन मार्फासँग रानी श्रेष्ठले कम्मर मर्काएकी छिन् भने साथमा ओशन बास्तोलालाई पनि फिचर गरिएको छ ।

आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।