karsang
Close Me

नेपाल अफ्रिका चलचित्र महोत्सवका लागि चलचित्र दर्ता आह्वान

काठमाडौं । ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’का लागि चलचित्र दर्ताका लागि आह्वान गरिएको छ । आयोजकले माघको पहिलो साता काठमाडौंमा महोत्सव गर्ने घोषणा गर्दै सहभागिताका लागि चलचित्र दर्ता गर्न आग्रह गरेको हो ।

आयोजक कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनका अनुसार
आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाइनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक डब्बु क्षेत्रीले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
महोत्सवले अफ्रिकाबारे बुझ्न मद्दत गर्ने उनको भनाइ छ ।

यसपटक अफ्रिकासँगै अन्य देशका चलचित्र पनि महोत्सवमा सहभागी हुनेछन् ।

यसअगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।

महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ ।