karsang
Close Me

‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि कति अफर आउँदैछ विजयलाई ?

काठमाडौं । नाजिर हुसेनले नाटक निर्देशन गर्ने भएका छन् । ‘हरि हजुरबा’ नामक नाटक नाजिरले निर्देशन गर्न लागेका हुन् ।

मंसिर २१ गतेबाट मण्डला थिएटरमा नाटक मञ्चन हुनेछ । नाटकमा विजय बराल र नाजिर हुसेन मुख्य भूमिकामा हुनेछन् ।

मंगलबारबाट उनी नाटकको रिहर्सलमा जुटेका छन् । रिहर्सलपछि नाटक सुरु हुनेछ । नाटक सकेर केही समय रेष्ट गरेपछि मात्रै चलचित्रको काम सुरु गर्ने उनले बताए ।

कम्तीमा तीन साता नाटक मञ्चन हुनेछ ।

विजय बरालको मुख्य भूमिका रहेको चलचि ‘पूर्ण बहादुरको सारङ्गी’ हाल प्रदर्शनरत छ । यो चलचित्रले रेकर्ड ब्रेकिङ कलेसक्सन गरिरहेको छ ।

विजयले चलचित्रका लागि अफरहरू आइरहेको तर कुनै पनि चलचित्र हालसम्म साइन नगरेको बताए । स्क्रिप्ट मन परेको अवस्थामा मात्रै काम गर्ने उनले बताएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि चलचित्रका लागि अफर आउनेक्रम बाक्लिएको उनले बताएका छन् । तर उनी स्क्रिप्ट छानेर मात्रै काम गर्ने पक्षमा छन् ।

सहायक रोल पनि गर्ने र चित्त बुझ्दो हुनुपर्नेमा उनको जोड छ । एउटा चलचित्र ब्लकबस्टर हुँदैमा कसैले पनि आफ्नो धरातल बिर्सिन नहुने भन्दै उनले सहायक भूमिका पनि स्वीकार गर्ने तर त्यो कन्भिन्सिङ हुनुपर्नेमा उनको जोड छ ।

यहीबीचमा मंगलबार विजयले चलचित्र ‘लाज शरणम्’को छायांकन गरेका थिए । काठमाडौंमा खिच्नुपर्ने बाँकी सिन उनले मंगलबार सकेका हुन् ।