karsang
Close Me

उत्कृष्ट अभिनेता विपीन, उत्कृष्ट अभिनेत्री स्वस्तिमा (हेर्नुस् सूची)

काठमाडौं । वर्ष २०८० को उत्कृष्ट अभिनेता विपीन कार्की र उत्कृष्ट अभिनेत्रीमा स्वस्तिमा खड्का घोषित भएका छन् । राष्ट्रिय चलचित्र अवार्ड २०८० मा विपीन र स्वस्तिमाले बाजी मारेका हुन् ।

विपीनले ‘प्रसाद–२’बाट र स्वस्तिमाले ‘दिमाग खराब’बाट यो अवार्ड जितेका हुन् ।

उत्कृष्ट चलचित्रको अवार्ड ‘बुलाकी’ले पाएको छ ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जितेका छन् ।

हेर्नुस् विजेताहरूको सूची–
उत्कृष्ट चलचित्रः बुलाकी
उत्कृष्ट अभिनेताः विपीन कार्की (प्रसाद–२)
उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कारः
अभिनेत्री– स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र– जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मानः
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक/निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार

विशेष चलचित्र पुरस्कारः
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मानः
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)