समीर र अन्नुको स्वरमा ‘साली हो भाटु हो’ सार्वजनिक
काठमाडौं । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा नयाँ गीत ‘साली हो भाटु हो’ सार्वजनिक भएको छ । शनिबार रिलिज गरिएको यो गीत नेपमेलोले प्रस्तुत गरेको हो ।
गायक समीर आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत रहेको छ। गीतमा नेपाली र थारू भाषाको आकर्षक मिश्रण गरिएको छ ।
गीतको भिडियोमा थारू समुदायको रहनसहन र कला संस्कृतिलाई विशेष महत्व दिइएको छ। चक्र बम, उषा उप्रेती र सृजन खरेल फिचर्ड रहेको भिडियोमा थारू समुदायको सांस्कृतिक झलक देख्न सकिन्छ ।
भिडियोलाई जेरी भण्डारीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेका यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीतले सांस्कृतिक विविधता र मनोरञ्जनलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ ।
श्रोताहरूले गीतलाई सकारात्मक प्रतिक्रिया दिएका छन् भने भिडियोले पनि विशेष चर्चा पाउने अपेक्षा गरिएको छ ।