‘ह्रस्व दीर्घ’ले १० करोड ६० लाख कमाएको दाबी
काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्माण र अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँको आँकडा पार गरेको छ । बुधबारसम्म यस चलचित्रले १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माणपक्षको गरेको दाबी छ ।
नेपालभित्र मात्र नभई विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको यो चलचित्रका विदेश वितरक सेभेन सिज इन्टरटेनमेन्टका अनुसार, ‘ह्रस्व दीर्घ’ हाल अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया र मध्यपूर्वका विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ । साथै, विस्तारै अमेरिका, क्यानडा र युरोपका विभिन्न देशहरूमा रिलिज हुने तयारी भइरहेको छ ।
नीता फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको छ । चलचित्रमा नीतासँगै हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय छ ।
यस चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रको कथाकार अभिनेता हरिहर अधिकारी हुन् भने पटकथा तथा संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहर अधिकारीले तयार पारेका हुन् । सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालको छायांकन गरेका हुन् ।
नेपाली चलचित्रमा आफ्नो पहिलो निर्देशन पस्केका चन्द्र पन्त यसअघि भोजपुरी चलचित्र निर्देशन र पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका अनुभवी व्यक्तित्व हुन् ।
अन्य भाषामा पनि रिलिज हुने तयारी
यो चलचित्र नेपाली भाषामा मात्र सीमित नरहेको ‘ह्रस्व दीर्घ’ अब तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ
यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ स्थापित गर्दै ठूलो सफलता हासिल गरेको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माणपक्षलाई थप हौसला मिलेको बताइएको छ।