भारतीय चलचित्र उद्योगमा ‘पुष्पा–२’ले बनायो रेकर्ड, पहिलो दिन कति कमायो ?

काठमाडौं । अल्लु अर्जुन स्टारर चलचित्र ‘पुष्पा–२ : द रुल’ले भारतीय चलचित्र उद्योगमा नयाँ इतिहास बनाएको छ ।

यो हालसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने भारतीय सिनेमा बनेको छ ।

यसले वर्ल्डवाइड २९४ करोडको ओपनिङ गरेको छ । पहिलो दिन यो चलचित्रले भारतसहित विश्वभरबाट २९४ करोड ग्रसकलेक्सन गरेको छ ।

भारतमा पनि ‘पुष्पा–२ : द रुल’ले ओपनिङ नयाँ रेकर्ड बनाएको छ । हिन्दी भाषामा मात्रै ७२ करोड ग्रसकलेक्सन गरेर यसले नयाँ रेकर्ड बनाएको हो ।

‘पुष्पा–२ : द रुल’ले नेपालमा पनि ओपनिङ कलेक्सनको रेकर्ड बनाएको छ । यसले नेपालमा पहिलो दिन चार करोड कलेक्सन गरेको बताइएको छ ।

चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।

चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।