‘पुष्पा २’को विश्वभर ४४९ करोड कमाइ : शाहरुखको ‘जवान’को रेकर्ड तोड्यो, भारतमा कति कमायो ?

काठमाडौं । चलचित्र ‘पुष्पा २ : द रुल’ले रिलिजको दुई दिनमा विश्वभर करिब ४४९ करोड भारु कमाएको छ । योसँगै भारतीय बक्स अफिसमा सिनेमाको कलेक्सन २६५ करोड भारु रहेको छ ।

इन्डस्ट्री ट्र्याकर सकनिल्कका अनुसार ‘पुष्पा २’ले हिन्दी संस्करणबाट करिब १३१ करोड कमाएको छ । यस हिसाबले चलचित्रले विश्वव्यापी कमाईको मामिलामा शाहरुख खानको जवान र एसएस राजामौलीको ‘आरआरआर’लाई पछाडि छोडेको छ ।

‘आरआरआर’ले दुई दिनमा विश्वभर ३७१.५३ करोड रुपैयाँ कमाएको थियो । चलचित्र ‘जवान’को कुरा गर्ने हो भने दुई दिनमा विश्वभर २३९.४७ करोड कमाइ गरको थियो ।

‘पुष्पा २’ले शुक्रबार हिन्दी संस्करणमा मात्रै ५० करोडभन्दा बढी कमाएको छ । तर, यस मामिलामा यो सिनेमाले शाहरुखको ‘जवान’ र रणवीर कपूरको ‘एनिमल’लाई उछिन सकेन । चलचित्रले पहिलो दिन नै हिन्दी भर्जनमा ७२ करोड कमाएको थियो ।

बुधवार पेड प्रीमियर (तेलुगू)मा १०.६५ करोड भारु कमाएको ‘पुष्पा २ : द रुल’ले पहिलो दिन ५ डिसेम्बर विहिबार भारतमा १६४.२५ करोड ग्रस कमाइ गर्दा विश्व बजारबाट २७५.२० करोड ग्रस कमाइ गरेको छ । दोस्रो दिन ६ डिसेम्बर शुक्रबार भारतमा ९३.८ करोड गर्दा १४६.१० विश्वव्यापी ग्रस गरेको छ ।

हिन्दी बेल्टमा दोस्रो दिन सबैभन्दा धेरै कमाउने चलचित्रहरू

चलचित्रसङ्कलन
पठान६८ करोड भारु
एनिमल५८.३७ करोड भारु
टाइगर ३५८ करोड भारु
पुष्पा २५६.९ करोड भारु
केजीएफ २४६.७९ करोड भारु
जवान४६.२३ करोड भारु

चलचित्र ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । ‘पुष्पा २’ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो ।

भारतीय बक्स अफिसमा कलेक्शनको हिसाबले ‘पुष्प २’ ले एसएस राजामौलीको चलचित्र आरआरआरको रेकर्ड तोडेको थियो । आरआरआरले भारतीय बक्स अफिसमा १३३ करोडको ओपनिङ गरेको थियो ।

सुकुमार बान्द्रेडीले निर्देशन गरेको ‘पुष्पा २’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दनाको मुख्य भूमिका रहेको ‘पुष्पा-२’को कथा पनि निर्देशक सुकुमार स्वयंले लेखेका छन् ।

चलचित्रमा अल्लु अर्जुन फेरि पुष्पराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्डन्ना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । चलचित्रको कथा गजबको छ र क्लाइम्याक्स झनै शानदार छ । जसका कारण दर्शकले चलचित्रलाई निकै रुचाइरहेका छन् ।