karsang
Close Me

गैरकानुनी रूपमा सञ्चालनमा रहेका हललाई कारबाही भयो ?

काठमाडौं । चलचित्र विकास बोर्डले इजाजत नवीकरण नगरेका भनिएका हल कानुनी प्रक्रियामा आउन थालेका छन् ।

केही समय अगाडि विकास बोर्डले केही हलले इजाजत नवीकरण नगरेको भन्दै कारबारही गर्ने बताएको थियो । विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएपछि हलहरू सम्पर्कमा आएर प्रक्रियामा गएका हुन् ।

विकास बोर्डले पत्र काटेर तत्काल नवीकरणको प्रक्रियामा आउन आग्रह गर्दै नवीकरण नगरे खारेजसम्म गर्ने चेतावनी दिएको थियो ।

सेभेन सिज सिनेमाले फेक बक्सअफिस रिपोर्ट देखाएको भन्दै २० वटा हलको नाम नै सार्वजनिक गरेपछि नवीकरण विनै हलहरू सञ्चालनमा रहेको रहस्य खुलेको थियो ।

सेभेन सिजले हलको नाम सार्वजनिक गरेपछि विकास बोर्डले ती हल नवीकरण नभइ गैरकानुनी रुपमा सञ्चालनमा रहेको बताएको थियो । नवीकरण नगरी राज्यलाई छलेर चलचित्र प्रदर्शन गरिरहेको भन्दै विकास बोर्डले कारबाही गर्ने बताएको थियो ।

१, अरुण हल, बिराटनगर
२. निलम सिनेमाज, जनकपुर
३. विना हल, लालबन्दी
४. गोरखा हल, गोरखा
५, बर्दिवास हल, बर्दिवास
६. विराटचौक हल, मोरङ
७. सी.वी हल, इनरुवा
८. दीपक हल, बरहथवा
९. द्वारिका हल
१०. हिमालय हल, विराटनगर
११. चरिकोट हल. दोलखा १२. एभरेष्ट हल राजगढ
१३. धनकुटा हल. धनकुटा
१४. फिदिम हल. पाँचथर
१५. त्रिशूली, नुवाकोट
१६. इलाम हल. इलाम
१७. लभ कुश हल महेन्द्रनगर
१८. त्रीमुत्री हल
१९. गिरिराज हल. जनकपुर
२०. पाथीभारा, दमक

सेभेन सिजले फेक रिपोर्ट दिने भन्दै माथि उल्लेखित हलको नाम सार्वजनिक गरेको थियो । केही दिन अगाडि विकास बोर्डले सार्वजनिक गरेको हलको सूचीमा यी हलको नाम थिएन ।

इजाजत नवीकरण नगरी सञ्चालनमा रहेका यी हलमध्ये केही केही सम्पर्कमा आइसकेका र केही आउने क्रममा रहेको बोर्ड स्रोतले बताएको छ ।