karsang
Close Me

पोस्टरमा फरक प्रयोग गर्दै ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण हुने सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

सिनेमाको निर्माण टिमले मंगलबार सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकार चित्रित छन् । पोस्टरमा एउटा घर र मन्दिर पनि देख्न सकिन्छ । ग्रामीण परिवेशको कथामा सिनेमा बनेको पोस्टरले बुझाउँछ ।

बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । सिनेमाले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ ।

यो सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् । यसअघि, उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोका लेखक पनि निर्देशक सिंह स्वयं हुन् । रुबी सेन सिंहको निर्माण रहेको सिनेमालाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।