karsang
Close Me

२३ देशका ५३ चलचित्र देखाउँदै सकियो ‘नेपाल मानवअधिकार फिल्म फेस्टिभल’

काठमाडौं । २३ देशका ५३ वटा चलचित्र देखाउँदै ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डमा भएको फेस्टिभलअन्तर्गतका केही चलचित्र पर्यटन बोर्डमा पनि देखाइएको थियो ।

यो वर्ष कान्स चलचित्र महोत्सवको सर्ट फिल्म समूहमा अवार्ड जितेको लघु चलचित्र ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’लाई उद्घाटन समारोहमा प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो ।

महोत्सवमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारत तथा युरोपका विभिन्न देशका चलचित्रकर्मी सहभागी भएका थिए ।

महोत्सवमा नेपालसहित २३ देशका ५३ वटा चलचित्र देखाइएको थियो । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रमलाई यसवर्ष चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।