अल्लु अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राख्ने आदेश
२८ मंसिर २०८१, शुक्रबार
काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा बस्ने भएका छन् । तेलंगनाको स्थानीय अदालतले शुक्रबार उनलाई १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।
डिसेम्बर ४ मा सन्ध्या थिएटरमा पुष्पा–२ को प्रोमोसनका लागि जाँदा भागदौड हुँदा २५ वर्षीया महिलाको मृत्यु भएको थियो । मृतक महिलाका छोराको उपचार भइरहेको छ ।
सोही घटनाको अनुसन्धानका लागि अल्लु अर्जुनलाई प्रहरीले आज पक्राउ गरेको थियो ।
थिएटर व्यवस्थापकले अल्लु अर्जुन आउँछन् भन्ने थाहा हुँदा पनि भीड व्यवस्थापन गर्न कुनै सुरक्षा योजना नबनाएको आरोप लागेको छ ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पुष्पा २’ अहिले प्रदर्शनरत छ । जसका अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।