अल्लु अर्जुनलाई अन्तरिम जमानत, मिल्यो राहत
काठमाडौं । ‘पुष्पा–२’का अभिनेता तथा दक्षिण भारतीय कलाकार अल्लु अर्जुनलाई अदालतले अन्तरिम जमानत दिएको छ ।
तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताका लागि अन्तरिम जमानत दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका जनाएका छन् ।
तेलंगनाको एक स्थानीय अदालतल १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश दिए पनि उनलाई उच्च अदालतले जमानत दिएको हो । अदालतले उनलाई जीवन र स्वतनत्रताको अधिकार रहेको बताएको छ ।
सन्ध्या थिएटरमा डिसेम्बर ४ मा ‘पुष्पा–२’ को प्रोमोसनका लागि अल्लु अर्जुन पुग्दा भागदौड भएको थियो । जहाँ २५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा घाइते भएको र अहिले उपचार भइरहेको छ ।
सोही घटनाको अनुसन्धानका लागि अल्लु अर्जुनलाई उनकै निवासबाट आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
थिएटर व्यवस्थापकले अल्लु अर्जुन आउँछन् भन्ने जानकारी हुँदा पनि भीड व्यवस्थापनका लागि सुरक्षा योजना नबनाएको आरोप लागेको छ । सोही विषयमा छानबिन गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पुष्पा २’ अहिले प्रदर्शनरत छ । जसका अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।
यो चलचित्रले अहिले सबैभन्दा चाँडो धेरै कमाउने चलचित्र बनिरहेको छ ।