karsang
Close Me

‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङ चलचित्रको तयारीमा लागेका छन् ।

गत वर्षको माघमा प्रदर्शन भएको चलचित्र ‘दयारानी’ले बक्सअफिसमा राम्रै कलेक्सन गर्यो । यस अघि गुरुङ भाषाका केही चलचित्र निर्देशन गर्दे आएका माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा नेपाली चलचित्रमा डेव्यु गरेका थिए ।

‘दयारानी’को प्रचारका क्रममा कलाकार भएर अभिनय गुर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाएका माओत्सेले यसबाट मिलेको सफलता पछि अर्को हिम्मत गर्दै कलाकार गुरुङले ‘पेनसनपट्टा’ नामक चलचित्र निर्देशन गर्न होमिएका छन् ।

चलचित्रको कथा पनि माओत्से आफैँले लेखेका छन् । निर्माणमा माओत्से गुरुङ फिल्म्सलाई डिबी गुरुङको को–प्रोडक्सन सहयोेग गर्नेछ ।

चलचित्रका कलाकार भने सार्वजनिक गरिएको छैन । केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने तयारी रहेको निर्माणपक्षले जानकारी दिएको छ ।