मण्डलामा नाटक ‘हरि हजुरबा’ (फोटोफिचर)
काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘हरि हजुरबा’ मञ्चन सुरु भएको छ ।
द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा प्रस्तुत गरिएको छ ।
नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।
अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ निर्माता रहेको यो नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।
विहिबारबाट सुरु भएको नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो भइरहेका छन् ।