रचनालाई सांगीतिक कार्यक्रममा भ्याइनभ्याइ, छैन एक दिन पनि फुर्सद

काठमाडौं । रचना रिमाल अहिलेकी व्यस्त गायिका हुन् । स्टुडियोदेखि मेला महोत्सवसम्म उनी व्यस्त हुन्छिन् ।

महोत्सवको सिजनमा उनी हरेक दिनजसो स्टेज पफर्मेन्स गर्छिन् । यो पुस महिनाका प्रायः सबै दिन रचना व्यस्त छिन् । उनलाई आफ्नो कार्यक्रमका लागि बोलाउन कम्तीमा ६ महिना अगाडि नै डिल गर्नुपर्छ ।

आधुनिक गायनमा राम्रो छवि बनाएकी उनको स्टेज पफर्मेन्स हेर्न दर्शकको पनि उत्तिकै भीड जम्मा हुन्छ । त्यसैले उनी महंगो स्टेज पफर्मरमध्यकी एक हुन् ।

पुस ९ गतेदेखि २० गतेसम्म हरेक दिन रचनाका स्टेज पफर्मेन्स छन् । उनका अनुसार पुस ९ गते तेस्रो खैरहनी महोत्सव, खैरहनीमा उनले गीत गाउने छिन् ।

१० गते अठौं बर्दघाट महोत्सव बर्दघाटमा ११ गते पिंक पुतली लाइभ म्युजिक फेस्ट, नयाँ बानेश्वरमा उनले आफ्नो प्रस्तुति दिनेछिन् ।

पुस १२ गते देखि १४ गते झापाली समाज यूएईको सांगीतिक धमाका, याक एण्ड यति एभरेष्ट क्लव अस्टोरिया होटल, बरदुबईमा उनको प्रस्तुति रहनेछ ।

पुस १५ गते ललितपुर महोत्सव, कुपण्डोल ललितपुरमा १६ गते न्यू इयर इभ २०२५, होटल सिद्धार्थ नेपालगंजमा उनले गाउने कार्यक्रम छ ।

पुस १७ गते प्रथम भित्रिकोट प्यूठान महोत्सव, बाघदुल्ला प्यूठान, १८ गते भानु नगर महोत्सव, भानु बजार तनहुँ, १९ गते पाल्पा महोत्सव, बगनासकाली–१ खेल मैदान पाल्पामा रचनाको सांगीतिक प्रस्तुति रहनेछ ।

पुस २० गते लेखनाथ महोत्सव, पोखरामा रचनाको प्रस्तुति रहने उनले बताएकी छन् । मेला तथा महोत्सवमा रचना हरेक दिनजसो सांगीतिक कार्यक्रम गर्दै आएकी छन् ।