karsang
Close Me

‘कल्की’को ट्रेलर: भिएफएक्स बलियो, कथा र प्रभासको क्यारेक्टर भ्रमित

साउथ सुपरस्टार नायक प्रभासको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मलाई भिएफएक्सले भरिपूर्ण बनाइएको छ । भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ। फिल्ममा दीपिका पादुकोण पद्मा नामकी गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ ।

अन्धकार र उज्यालोको बीचमा देखाइएको यस कथामा भैरवको रूपमा प्रभास एक महत्त्वपूर्ण कडी रहेको देखिन्छ । फिल्ममा अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन् ।

कमाण्डर मानसका अनुसार भैरवले पद्मासँग लड्ने कि उनलाई सहयोग गर्ने, ट्रेलरमा देखाइएको कथा यही हो । ट्रेलरमा प्रभासको क्यारेक्टर निकै बलियो देखाइएको छ, यद्यपि उनको हास्यास्पद संवादले दर्शकलाई घरीघरी अलमलमा पार्छ । त्यसैगरी, पात्रका संवादहरू पनि धेरै भागमा बुझ्न गाह्रो भएको छ ।

ट्रेलर संसारको अन्तिम सहर काशीबाट सुरु हुन्छ, त्यहाँ बसोबास गर्ने मानिसको अवस्था निकै नाजुक छ । यसैबीच, ट्रेलरले एउटा अनौठो (अद्वितीय) संसार देखाउँदछ जहाँ परिसरमा सबैले सर्वोच्च यास्किनको पूजा गर्छन्। यस संसारको सेनापति मानस हो, जसले अन्धकारलाई कायम राख्न चाहन्छ। यसैबीच, तिनीहरूले ६ हजार वर्ष पुरानो चीज भेट्टाउँछन् जुन तिनीहरूको संसारमा प्रकाश आउन लागेको संकेत हो। उज्यालो भनेको अन्धकार संसारको लागि खतरा हो।

यसैबीच, गर्भवती पद्मा ट्रेलरमा प्रवेश गर्छिन्। यहाँ अश्वत्थामा अर्थात् अमिताभ बच्चनलाई कथा बुझाउन राखिएको छ, जसलाई हरेक पात्रको सत्यता थाहा छ । उनले पद्मालाई आफ्नो गर्भमा भगवानलाई स्थान दिएको बताउँछ । कमाण्डर मानसले पद्मालाई खतरा मान्छन् र सबैभन्दा शक्तिशाली भैरवलाई पठाउँछन् । जसले कहिल्यै युद्ध हारेको छैन।

यस युद्धमा भैरवले अश्वत्थामाको सामना गर्नेछन्। जसकालागि युद्ध कसले जित्छ त्यो फिल्म हेरेपछि मात्रै थाहा हुन्छ । यस फिल्ममा कमल हसनले महत्त्वपूर्ण भूमिका छ, यद्यपि उनको लुक भने सार्वजनिक गरिएको छैन । ट्रेलरको अन्त्यमा उनी नयाँ युग आउँदैछ भनेर मात्र देखाइएको छ ।

‘कल्की २८९८ एडी’को ट्रेलर अष्ट्रेलियन फिल्म फ्रेन्चाइज म्याड म्याक्स जस्तै देखिन्छ। ट्रेलर भिएफएक्सले भरिएको छ। यस्तै डार्क थिम प्रभासको अघिल्लो फिल्म सालारमा पनि देखाइएको छ । ट्रेलरमा धेरै क्यारेक्टर एकसाथ देखाइएको छ । ट्रेलरमा बुझ्न निकै गाह्रो छ ।

पद्माको भूमिका निभाएकी दीपिका पादुकोणले ट्रेलरमा कम स्थान पाएकी छिन् । फिल्मको विषयवस्तु पनि प्रश्नमा छ । फिल्ममा एकातिर पौराणिक पात्रसँग जोडिएको छ भने अर्कोतिर उन्नत प्रविधि र ग्याजेटलाई स्पेस दिइएको छ । ट्रेलरमा दिशा पटानीको पनि छोटो दोस्रो भूमिका छ, जो एक्सन गरिरहेको देखिएकी छिन् ।

प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन स्टारर फिल्म कल्की २९८९ जुन २७ मा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन अश्वत्थामाको भूमिकामा देखिनेछन् भने प्रभास फिल्ममा भैरवको भूमिकामा छन् ।

यो एक साइंस फिक्शन फिल्म हो, जसलाई पौराणिक कथासँग जोडेर निर्माण गरिएको छ । फिल्म हिन्दीका साथै तमिल, तेलुगु, मलयालम, कन्नड र अंग्रेजी भाषामा पनि रिलिज हुनेछ । फिल्म कल्की २८९८ एडी ६०० करोडको मेगा बजेटमा बनेको छ । यो बजेटसँगै यो भारतकै सबैभन्दा महँगो फिल्म पनि हुनेछ ।