निर्देशक समाजले संचालनमा ल्यायो ‘हेल्प डेस्क’
१० पुष २०८१, बुधबार
काठमाडौं । नेपाल निर्देशक समाजले हेल्प डेस्क संचालनमा ल्याएको छ । निर्देशक समाजले चलचित्र निर्माण तथा प्रदर्शनको क्रममा आवश्यक जानकारीका लागि ‘हेल्प डेस्क’ संचालनमा ल्याएको जनाएको छ ।
“नयाँ निर्माता तथा निर्देशकले चलचित्र निर्माणको क्रममा धेरै कुरा थाहा नपाएको र काम गर्दै जाँदा धेरै समस्या आउने गरेको गुनासो आएकाले निर्देशक समाजले नयाँ चलचित्र निर्माता, निर्देशकका लागि आवश्यक परामर्श तथा सेवाका ‘हेल्प डेस्क’ संचालनमा ल्याइएको हो,” विज्ञप्ति जारी गर्दै समाजले भनेको छ ।
यो सेवा निःशुल्क प्रदान गरिने छ ।
बिदाको दिनबाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क चलचित्र निर्माण परामर्श तथा सेवा लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।